Premier Cables
Premier Steel

राजनीति

भिजिट भिसा प्रकरण छानबिन नभए फेरि आन्दोलन गर्छौं : प्रचण्ड

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ३१, २०८२  | अपराह्न १२:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति अनुरुप भिजिट भिसा प्रकरणमा छानबिन नभए पुनः आन्दोलन गर्ने बताएका छन्
झापाको कार्यक्रममा सहभागी हुन जाने क्रममा शनिबार विराटनगर ओर्लिएका प्रचण्डले भने,”सत्तारुढ दलहरूसँग भएको दुई बुँदे सहमति अनुसार छानविनको प्रक्रिया अगाडि नबढेमा एक महिनापछि फेरि विरोधमा उत्रिन्छौ ।”

भिजिट भिसा प्रकरणको समग्र पक्ष छानविन गरी समस्या समाधान गर्न समिति बनाउने सहमति भएको उनले बताए ।‌
“सदनबाट निजामति, शिक्षासहितका महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमतिमा जानुपरेको हो,” उनले भने,” सदन अवरोधले मात्र निकास ननिस्कने भएकोले यसका जिम्मेवारी प्रतिपक्षले लिएको हो । ” उनले सुशासनको निम्ति भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा आफूहरुको जोड भएको सुनाए ।

बिज्ञापन

पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साट्यो भन्ने आरोपलाई अस्वीकार गर्दै प्रचण्डले त्यो वाहियात प्रचार मात्र भएको बताए । “यो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्‍या छन् । त्यस्तो केही होइन” उनले भने, “भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन।”

कांग्रेससँग सम्बन्ध सुधार भएको हो भन्ने प्रश्नमा उनले अहिले भएको सहमति र भिजिट भिसा प्रकरणको छानविन कसरी अगाडि बढ्छ त्यसमा निर्भर रहने बताए ।
भिजिट भिसा प्रकरणमा गहिरो अध्ययन हुनुपर्ने माओवादी प्रस्ट रहेको प्रचण्डले बताए ।‌

पार्टीका उपमहासचिव जनार्दन शर्मालाई पाछी छोड्न नभनेको बताउँदै त्यस्तो केही नभएको दावी गरे । भनेकै छैन, गलत विषय हो’ उनले भने ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka