Premier Cables

समाचार

मोरङका स्थानीय तहमा सवारी कर बाँडफाँट सिफारिस, सबैभन्दा कम ग्रामथान गाउँपालिकालाई

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख १५, २०८३  | बिहान १०:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सरकारले बाँडफाँट भईजाने सवारी कर सम्बन्धित स्थानीय तहमा सिफारिस गरेको छ ।

सवारी कर प्रदेश सरकारले उठाउँछ । यसको ४० प्रतिशत हिस्सा स्थानीय तहमा वितरण गर्नुपर्छ । आर्थिक वर्ष २०८३/०८४ मा कोशी प्रदेशका १३७ स्थानीय तहमा कुल १ अर्ब २६ करोड रुपैयाँ बाँडफाँट गर्न कोशी सरकारले सिफारिस गरेको हो । प्राकृति स्रोत तथा वित्त आयोगले तय गरेको सिफारिस सम्बन्धी मापदण्ड अनुसार यस्को बाँडफाँट हुने गरेको छ ।

विज्ञापन

मोरङमा सबैभन्दा धेरै विराटनगर महानगरपालिकाले रकम पाउँदा ग्रामथान गाउँपालिकाले सबैभन्दा कम पाउने गरेको छ । चालू आर्थिक वर्षमा रु. १ अर्ब १० करोड बाँटफाँटको सिफारिस भएको थियो ।

मोरङ जिल्लाका स्थानीय तहहरूलाई प्राप्त रकमअनुसार विराटनगर महानगरपालिका सबैभन्दा अगाडि रहेको छ । महानगरपालिकाले ३ करोड ४३ लाख ३१ हजार १०७ रुपैयाँ प्राप्त गरेको छ ।

त्यसपछि सुन्दरहरैंचा नगरपालिकाले १ करोड ८७ लाख ८६ हजार २८५ रुपैयाँ, पथरी शनिश्चरे नगरपालिकाले १ करोड ८० लाख ४ हजार १२७ रुपैयाँ तथा बेलबारी नगरपालिकाले १ करोड ६३ लाख ९५ हजार ७६३ रुपैयाँ प्राप्त गरेका छन् ।

उर्लाबारी नगरपालिकाले १ करोड ३८ लाख ३० हजार ३६५ रुपैयाँ, रंगेली नगरपालिकाले १ करोड ७ लाख ७१ हजार २४९ रुपैयाँ, सुनवर्षी नगरपालिकाले १ करोड १ लाख ९३ हजार ५५१ रुपैयाँ तथा रतुवामाई नगरपालिकाले १ करोड १ लाख ८० हजार ५७ रुपैयाँ पाएका छन् ।

यस्तै लेटाङ नगरपालिकाले ९९ लाख ५३ हजार ४०८ रुपैयाँ प्राप्त गर्दा केराबारी गाउँपालिकाले ९६ लाख १ हजार ३७६ रुपैयाँ, जहदा गाउँपालिकाले ९२ लाख ५२ हजार ८४८ रुपैयाँ, कानेपोखरी गाउँपालिकाले ९१ लाख ३८ हजार ७५५ रुपैयाँ प्राप्त गरेका छन् ।

कटहरी गाउँपालिकाले ८८ लाख ७३ हजार ५१२ रुपैयाँ, धनपालथान गाउँपालिकाले ८६ लाख ७६ हजार २४७ रुपैयाँ, मिक्लाजुङ गाउँपालिकाले ८५ लाख ४९ हजार ३०२ रुपैयाँ तथा ग्रामथान गाउँपालिकाले सबैभन्दा कम ७६ लाख ३६ हजार २९३ रुपैयाँ प्राप्त गरेका छन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka