Premier Cables
Premier Steel

मौसम

देशभर वर्षाको सम्भावना, कोसी प्रदेशमा भारी वर्षाको अनुमान

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख १५, २०८३  | बिहान ६:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मंगलबार (वैशाख १५) देशका विभिन्न भागमा वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा हुने सम्भावना छ।

मधेससहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा वा हिमपात हुन सक्ने बताइएको छ।

बिज्ञापन

विशेषगरी रातिको समयमा कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। कोसीका हिमाली तथा पहाडी क्षेत्र र गण्डकीका पहाडी भूभाग यसबाट बढी प्रभावित हुन सक्नेछन्।

दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान छ।

रातिको समयमा पनि अधिकांश पहाडी र हिमाली भूभागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

समग्रमा, कोसी प्रदेशका धेरै स्थान, मधेस, वाग्मती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka