Premier Cables

अर्थ विराटनगर

कोशी प्रदेश सवारी कर बाँडफाँटमा विराटनगरलाई सबैभन्दा धेरै रकम

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख १४, २०८३  | बिहान १०:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सरकारले यहाँका सबै १३७ स्थानीय तहलाई सवारी कर बाँडफाँटको अनुमानित सीमा पठाएको छ । प्रदेश सरकारले संकलन गरेको सवारीसाधन करको ४० प्रतिशत हिस्सा स्थानीय तहमा बाँडफाँट गरिन्छ ।

आउँदो आर्थिक वर्ष २०८३/०८४ मा एक अर्ब २६ करोड रुपैयाँ बाँडफाँट हुने अनुमान कोसी सरकारले गरेको छ । सोहीअनुरूप प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै १३७ स्थानीय तहलाई पत्राचार गरेको छ ।

विज्ञापन

चालु आर्थिक वर्ष २०८२/०८३ मा कोसी सरकारले एक अर्ब १० करोड रुपैयाँ बाँडफाँट गर्न सिफारिस गरेको थियो । कोसी सरकारको मुख्य आन्तरिक आयको स्रोतमध्ये सवारीसाधन कर हो । तर, यसपटकको ‘जेनजी’ आन्दोलनका कारण यो आयमा समेत संकुचन आउन सक्ने सरकारको अनुमान छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६ ‘क’ र कोसी प्रदेश प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५ को दफा ३ को व्यवस्थाबमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार स्थानीय तहका निम्ति आउँदो आर्थिक वर्ष प्राप्त हुने सवारी कर बाँडफाँटको हिस्साको अनुमानित सीमा पठाइएको मन्त्रालयले जनाएको छ ।

स्थानीय विभाज्य कोषबाट सम्बन्धित प्रदेशभित्रका स्थानीय सरकारबीच बाँडफाँट गर्ने सवारीसाधन करबारे वित्त आयोगले यसअघि नै सिफारिस गरेको थियो ।

आयोगले तय गरेको सूत्रका आधारमा आउँदो आर्थिक वर्ष कोसी प्रदेशमा सबैभन्दा बढी विराटनगर महानगरपालिकाले तीन करोड ४३ लाख ३१ हजार १०७ रुपैयाँ प्राप्त गर्नेछ । मोरङका सुन्दरहरैँचा, बेलबारी र पथरीशनिश्चरे नगरपालिका पनि धेरै रकम पाउने सूचीमा छन् ।

सबैभन्दा कम तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले ४२ लाख पाँच हजार ३०० रुपैयाँ प्राप्त गर्नेछ । कम प्राप्त गर्नेमा सोलुखुम्बुका तीन पालिका क्रमशः सोताङ, लिखु र नेचासल्यान गाउँपालिका छन् ।

प्रदेश सरकारले संकलन गरेको कुल सवारीसाधन करको ४० प्रतिशत रकम स्थानीय विभाज्य कोषमा जम्मा गर्ने गरिन्छ ।

यो कर सडकको अवस्था र सवारीको घनत्वका आधारमा क्षेत्रगत रूपमा पठाइने गरिन्छ । यसले स्थानीय तहमा सडक पूर्वाधार विकास र मर्मत–सम्भारमा रकम उपयोग हुने सुनिश्चित गर्ने मन्त्रालयले जनाएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka