Premier Cables
Premier Steel

विराटनगर

५७ दिने विद्युत उपकरण तालिम कार्यक्रम सुरु

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख ०७, २०८३  | अपराह्न १:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजना तथा चौधरी फाउन्डेशनको सहकार्यमा बखरी विद्यालयमा ५७ दिने विद्युत् उपकरण (Electrical Appliances) तालिम कार्यक्रम भव्य रूपमा सुरु गरिएको छ।

कार्यक्रममा चौधरी फाउन्डेशनकी प्रतिनिधि सबिना आचार्य विशेष रूपमा काठमाडौंबाट उपस्थित हुनुभएको थियो। कार्यक्रमको सञ्चालन बखरी विद्यालयका प्रधानाध्यापक गोविन्द गजरेलले गर्नुभएको थियो।

बिज्ञापन

कार्यक्रममा रोटरी क्लबका पूर्व अध्यक्ष दीप्ति तोदी, कुसुम चेनवाला, मञ्जु अग्रवाल, सर्विस कमिटीकी संयोजक स्नेहा अटल, साथै सदस्यहरू निरु नेवटिया र सविता धनावतको उपस्थिति रहेको थियो।

तालिमका प्रशिक्षक जगन्नाथज्यू ले सहभागीहरूलाई तालिमको संरचना र उद्देश्यबारे विस्तृत जानकारी दिनुभएको थियो। यस ५७ दिने तालिमपछि सहभागीहरूका लागि ७ दिने एसी इन्स्टलेशन कोर्स तथा १५ दिने फ्रिज र एसी मर्मत कार्यशाला पनि सञ्चालन गरिने जानकारी दिइएको छ।

क्लबकी अध्यक्ष गिरिजा सारडाले रोटरी क्लब अफ बिराटनगर डाउनटाउन महिला नेतृत्वमा सञ्चालन हुने क्लब भएकाले लैङ्गिक समानतालाई ध्यानमा राख्दै यस्तो “Gender Neutral” प्राविधिक तालिम आयोजना गर्न पाएकोमा गर्व महसुस भएको बताउनुभयो। उहाँले यस तालिममा ३५ जना सहभागीमध्ये १४ जना महिला सहभागीको दर्ता भएको जानकारी दिँदै यसलाई सकारात्मक सुरुवातको रूपमा उल्लेख गर्नुभयो।

उहाँले थप भन्नुभयो कि यो तालिमले सहभागीहरूलाई सिटिइभिटीको लेभल–१ परीक्षा दिनका लागि पनि तयारी गराउनेछ। सहभागीहरूलाई तालिम गम्भीरतापूर्वक सिकेर परीक्षा दिन आग्रह गर्दै भविष्यमा कुशल प्राविधिक मात्र नभई प्रशिक्षक बन्ने सम्भावना पनि रहेको बताउनुभयो।

कार्यक्रममा क्लबले आफ्ना विभिन्न सामाजिक कार्यक्रमहरूमा निरन्तर साथ र सहयोग प्रदान गर्दै आएकोमा चौधरी फाउन्डेशनप्रति विशेष आभार व्यक्त गरेको थियो।

यो तालिम कार्यक्रमले युवाहरूलाई प्राविधिक सीप प्रदान गर्दै रोजगारी तथा आत्मनिर्भरता तर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka