Premier Cables
Premier Steel

राजनीति

संसदीय समितिहरूले पाए पूर्णता, अधिकांशमा सर्वसम्मत सभापति चयन

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ०४, २०८३  | साँझ ४:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । संघीय संसद्अन्तर्गत रहेका संसदीय समितिहरूले अन्ततः पूर्णता पाएका छन्। शुक्रबार १२ वटा समितिले सभापति चयन गरेसँगै सबै समितिहरू गठन प्रक्रिया सम्पन्न भएको हो।

निर्वाचन प्रक्रियामा १० वटा समितिमा सभापति सर्वसम्मत रूपमा चयन भए भने बाँकी दुई समितिमा भने प्रतिस्पर्धा भएको थियो।

बिज्ञापन

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल सर्वसम्मत रूपमा निर्वाचित भए। त्यसैगरी, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा पनि सर्वसम्मत रूपमा चयन भइन्।

अन्य समितिहरूमा पनि रास्वपाकै प्रभुत्व देखिएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी सर्वसम्मत रूपमा निर्वाचित भए।

यस्तै, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ, उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकी पनि सर्वसम्मत रूपमा सभापति चयन भए।

यसबीच, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का सर्वसम्मत रूपमा निर्वाचित भए। रास्वपाको समर्थन प्राप्त गरेपछि उनी उक्त पदका एकमात्र उम्मेदवार बनेका थिए।

दुई समितिमा भने निर्वाचनमार्फत सभापति चयन गरिएको थियो। राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रास्वपाका गणेश कार्की र नेकपाकी मदन कुमारी शाह (गरिमा) बीच प्रतिस्पर्धा भएको थियो, जसमा रास्वपाको बहुमतका आधारमा कार्की विजयी भए।

त्यस्तै, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालबीच प्रतिस्पर्धा भएको थियो। यसमा पनि रास्वपाको बहुमतका कारण शेरचन सभापतिमा निर्वाचित भइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka