Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशमा २०८३ सालमा प्रदेशको थप कति सार्वजनिक बिदा ? (हेरौं विवरण)

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ३०, २०८२  | बिहान ११:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल सरकार, गृह मन्त्रालयद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म लागू हुने गरी कोशी प्रदेशभर अतिरिक्त सार्वजनिक तथा पर्व बिदा घोषणा गरिएको छ।

प्रदेश सरकारले संघीय सरकारले तोकेको बिदाका अतिरिक्त प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि विभिन्न चाडपर्व र विशेष अवसरमा थप बिदा दिने निर्णय गरेको हो। उक्त बिदा अनुसूची–१ बमोजिम निर्धारण गरिएको जनाइएको छ।

बिज्ञापन

प्रदेशभर सबैका लागि सार्वजनिक बिदा
सिरुवा पर्व (वैशाख २ गते, बुधबार), कोजाग्रत पूर्णिमा (कार्तिक ८ गते, आइतबार), फाल्गुनन्द जयन्ती (कार्तिक २५ गते, बुधबार) र छठ पर्व समापन (कार्तिक ३० गते, सोमबार) का अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहनेछ।

केही जिल्लामा मात्र लागू हुने बिदा
राधाकृष्ण रथयात्राको अवसरमा भदौ २० गते शनिबार झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा सार्वजनिक बिदा दिइएको छ।

महिलाका लागि मात्र बिदा
ऋषि पञ्चमीको अवसरमा भदौ ३० गते मंगलबार महिलाका लागि मात्र बिदा प्रदान गरिएको छ।

सम्बन्धित जातजाति/समुदायका लागि बिदा
सागा दावा पर्व (जेठ १७ गते, आइतबार) बौद्ध धर्मावलम्बीका लागि, धिमाल जातिको जातिरि (सिरिजात) पर्व (असार २ गते, मंगलबार), झाँगड (उराव) जातिको करम पूजा (असोज ६ गते), कुलुङ राई समुदायको चाक्चाकुर पर्व (असोज १५ गते, बुधबार), सन्थाल समुदायको सोहराय पर्व (फागुन ८ गते, शनिबार) तथा माझी समुदायको लदी पूजा (फागुन १८ गते, मंगलबार) का दिन सम्बन्धित समुदायका लागि मात्र बिदा रहनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka