Premier Cables

राजनीति

राप्रपा विवाद: लिङ्देन समिति विघटन

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २९, २०८२  | साँझ ६:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्ट समूहले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान कार्यसमिति भंग गर्न माग गरेको छ।

महामन्त्री धवलशमशेर राणा पक्षधरले आइतबार कान्तिपथमा बसेको बैठकबाट वर्तमान समिति विघटन गरी महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेका छन्। उनीहरूले अध्यक्ष लिङ्देनसमक्ष तीन बुँदे माग राख्दै निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाइनुपर्ने निर्णय गरेका छन्। साथै, केन्द्रीय महाधिवेशनको मिति एक साताभित्र घोषणा गर्न पनि माग गरिएको छ।

विज्ञापन

बैठकले हालैको निर्वाचन परिणामको समीक्षा गर्दै पार्टी गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेको छ। ‘पार्टी सच्चिने कि सकिने’ अवस्थामै पुगेको उल्लेख गर्दै उनीहरूले केन्द्रीय महाधिवेशनमार्फत नयाँ जनादेश लिनु नै उपयुक्त विकल्प भएको बताएका छन्।

राप्रपाको केन्द्रीय कार्यसमितिको नियमित चार वर्षे कार्यकाल पूरा भइसकेको र पार्टी अहिले थपिएको अवधिमा रहेको पनि उल्लेख गरिएको छ। यसअघि २०८३ जेठभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय भइसकेको भए पनि त्यसलाई छिटो कार्यान्वयन गर्न दबाब दिइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka