Premier Cables
Premier Steel

खेलकुद

विराटनगरमा पाँचौँ संस्करणको ‘इक्वालिटी कप क्रिकेट’ हुने

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र २६, २०८२  | साँझ ७:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । महिला क्रिकेटको विकास गर्ने उद्देश्यका साथ विराटनगरमा भोलिदेखि पाँचौँ संस्करणको `इक्वालिटी कप क्रिकेट´ प्रतियाेगिता हुने भएको छ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजना तथा म्यारिलिबोन क्रिकेट क्लब फाउन्डेसन, क्रिकेट विथआउट बाउन्ड्रीज र क्रिकेट युनाइटेडको सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

बिज्ञापन

चैत २७ गतेदेखि ३० गतेसम्म चल्ने उक्त प्रतियोगिता विराटनगर–६ स्थित म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्डमा आयोजना हुनेछ। प्रतियोगिताको उद्घाटन भोलि बिहान ८ बजे हुने आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ ।

प्रतियोगितामा कोशी प्रदेशका विराटनगर हब, पथरी, इटहरी, धनकुटा र उदयपुरबाट संयुक्त टोली `NCF XI´ र मधेस प्रदेशका राजविराज तथा सिराहाका दुई टोली सहभागी हुनेछन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियम अनुसार टी–२० फरम्याटमा खेलाइने यस प्रतियोगितामा सहभागी सबै टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीबीच फाइनल खेल हुनेछ।

कोशी प्रदेश क्रिकेट संघसँगको समन्वयमा आयोजना हुन लागेको यस प्रतियोगिताले महिला क्रिकेटको विकासमा सहयोग पुर्‍याउनुका साथै नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल क्रिकेट फाउन्डेसनका बाेर्ड सदस्य स्नेहा गुवाजुले जानकारी दिइन् ।

फाउन्डेसनले आफ्नो स्थापना कालदेखि नै समाजमा रहेको लैंगिक विभेद अन्त्य गर्न विभिन्न कार्यशालाहरू समेत गर्दै आएको छ।

यसपटकको प्रतियोगितामा विराट मेडिकल कलेज टिचिङ हस्पिटल मेडिकल पार्टनरको रूपमा रहेको छ भने खेलको विस्तृत विवरणहरू अनलाइनमार्फत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa