विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराट क्रिकेट एकेडेमि र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विजयी भएको छन् ।
विहिबार भएको समुह ए को खेलमा विराट क्रिकेट एकेडेमिले मिल्स क्रिकेट क्लव एण्ड एकेडमिलाई ५ विकेटले पराजित गर्दै लिगको दोस्रोमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।
टस जितेर ब्याटिङको गरेको मिल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ९७ रनको योगफल तयार पारेको थियो । मिल्सकालागि अमन शेखले ३० रन बनाउँदा रितिक चौधरीले १९ रन, सक्षम ढकालले १७ रन र १९ रन बनाए । विराटनगरका मेहवुव इराकीले २ विकेट लिँदा अमर यादवले पनि २ विकेट लिए ।
जवाफमा ९८ रनको लक्ष्य पछ्याएको विराटले १५ दशमलव १ बलमा ५ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । विराटका प्छारका ब्याटर श्रवण यादवले अविजित २३ रन जोड्दा दिपक पासवानले १८ रन,विशाल ढकालले १७ रन, अनिस राजवंशीले १६ रन र रोहन साहले अविजित ११ रनको योगदान दिए ।
मिल्सका वैभव राजले २ विकेट लिँदा नरेन्द्र कर्ण १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विराटका महबुव इराकी घोषित भए ।
दोस्रो खेलमा विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमिले इलाइट क्रिकेट एकेडमिमाथी १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलको यात्रा तय गरेको छ । समुह ए मा लगातार तीन खेलमा जित निकाल्दै ६ अंकका साथ फाइनलको यात्रा तय गरेको हो ।
विराटले खेलेको ३ खेलमा २ खेलमा जित र १ खेलमा पराजित हुँदै ४ अंकका साथ दोस्रो स्थान , इलाइटले ३ खेलमा १ मा जित र २ पराजित हुँदै २ अंकका साथ तेस्रोे स्थान र मिल्सले खेलेको ३ खेलमै पराजित भएर अंकविहिन हुँदै पुछारमा रहेको छ ।
टस जितेर ब्याटिङको गरेको इलाइटले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९९ रनको सामान्य योगफल तयार पारेको थियो । इलाइटलागि आषिश मण्डले ३२ रन र सोनु सिंहले अविजित १७ रन बनाए ।
विराटनगरका क्रितिक कामतले ३ विकेट लिँदा सागर कटवाल र कृष शर्माले २–२ विकेट, प्रसान्त साहले १ विकेट लिए ।
जवाफमा १ सय रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले १९ दशमलव ५ बलमा ९ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो ।
विराटनगरका सिताराम कामतले २७ जोड्दा कृष शर्माले १७ रनको योगदान दिए । इलाइटका मनिस कामतले ३ विकेट लिँदा राजु विश्वकर्माले पनि ३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विराटनगरका सिताराम कामत घोषित भए ।
