Premier Cables
Premier Steel

खेलकुद विराटनगर

पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेटको फाइनलमा विराटनगर र राजविराज

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र २८, २०८२  | साँझ ७:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा जारी ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा विजयी हुँदै विराटनगर हब र राजविराज हव फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो खेलमा विराटनगरले सिरहालाई ८ विकेटले पराजित गर्दै ४ अंककासाथ दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । लगातार २ खेलमा पराजित हुँदै सिरहा प्रतियोगिताबाट बाहिरिएको छ । तालिकामा सप्तरीको राजविराज हब २ खेलमा दुवै जित्दै ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

बिज्ञापन

त्यस्तै, २ खेल खेलेको विराटनगरको नेट रन रेटमा पछि पर्दै ४ अंका साथ दोस्रो स्थान, सिरहा हब २ खेलमा दुवै हार्दै अंकविहीन रहँदै तेस्रो र आयोजक नेपाल क्रिकेट फाउण्डेसन–११ (एनसीएफ) पनि २ खेलमा पराजित हुँदै तालिकाको पुच्छरमा रहेको छ ।

नेपाल क्रिकेट फाउण्डेसनद्वारा आयोजनामा भएको खेलमा टस जित्दै पहिले ब्याटिङ गरेकोे सिरहाले १६ दशमलव ४ बलमा सबै विकेटको क्षतिमा ६३ मात्रै बनाउन सक्यो । सिरहाकी मिना महतोले १७ रन बनाउँदा निलम महतोले ११ रन बनाइन् । विराटनगरकी कप्तान सानु राजवंशीले ३ विकेट लिँदा, साम्रिका गौतमले र समीक्षा राईले २–२ विकेट तथा धनमति रायले १ विकेट लिइन् ।

६४ रनको लक्ष्य पाएको विराटनगरले १० दशमलव ३ बलमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । प्लेयर अफ म्याच विराटनगरकी कप्तानसानु राजवंशीले सर्वाधिक अविजित ३५ रनको योगदान गरिन् । सिरहाकी स्वेता लामाले १ विकेट लिइन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka