Premier Cables
Premier Steel

खेलकुद

विराटनगर क्रिकेट लिगमा डाइनामिक विजयी

Calendar शनिबार, माघ ०३, २०८२  | साँझ ६:११ बजे

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शनिबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी शुरुवात गरेको छ । ।

डाइनामकिले कटहरी क्रिकेट क्लब एकेडेमीलाई ३ विकेटले पराजित गरेको छ ।

बिज्ञापन

टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई ११८ रनको सामान्य योगफल तयार पारेको थियो । कटहरीकालागि प्रसिद्ध मण्डलले ३५ रन बनाउँदा आइसटेन रिजालले २४ रनको योगदान दिए ।

डाइनामकिका विवेक झाले २ विकेट लिँदा विकाश कामत एसएस झा र सुवास राँयले १–१ विकेट लिए ।

जवाफमा ११८ रनको सामान्य लक्ष्य पछ्याएको डाइनामीकले १९ ओभरमा ७ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । डाइनामीकका रवि राँयले अविजित २९ रन जोड्दा रोशन कामतले २२ रन जोडे । कटहरीका अभय कामतले ३ विकेट लिँदा सुमित यादव र रणधिर कामतले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच डाइनामीकका विवेक झा घोषित भए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka