Premier Cables
Premier Steel

अर्थ

अर्थमन्त्री वाग्लेले भने- शेयर लगानीकर्ता अत्तालिनु पर्दैन्

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र २३, २०८२  | अपराह्न १:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले सेयर बजारको अवस्थाबारे स्पष्ट धारणा राख्दै बजारमा अनावश्यक त्रास फैलाइएको बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) का प्रतिनिधिसँगको भेटमा उनले सरकारले कुनै धरपकड अभियान नचालेको र साना लगानीकर्तालाई आतंकित पार्ने गतिविधि भइरहेकोप्रति असन्तुष्टि व्यक्त गरे।

उनले सरकारले साना लगानीकर्तामाथि कारबाही गर्ने उद्देश्य नराखेको स्पष्ट पार्दै सेयर बजारलाई देशकै व्यवस्थित र पारदर्शी क्षेत्रमध्ये एक भएको बताए। पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा जम्मा हुने व्यवस्था, स्पष्ट कर प्रणाली तथा कारोबारको ट्र्याकिङ सम्भव भएकाले बजार विश्वसनीय रहेको उनको भनाइ छ। यसलाई सरकारले डिजिटलाइजेसनको नमुना क्षेत्रका रूपमा लिएको समेत उनले उल्लेख गरे।

बिज्ञापन

अर्थमन्त्री वाग्लेले स्टक मार्केटमा ‘सम्पत्ति कहाँबाट आयो’ भनेर सोध्ने अवस्था नरहेको र धरपकडको नीति नभएको प्रस्ट पारे। तर, इनसाइडर ट्रेडिङ, बजारमा चलखेल वा अन्य अनैतिक गतिविधिमा संलग्न पाइए कानुनअनुसार कारबाही हुने उनले बताए।

लगानीकर्तालाई अनावश्यक रूपमा नआत्तिन आग्रह गर्दै उनले सेयर बजार सुधारका लागि आगामी दिनमा आवश्यक कदम चालिने जानकारी दिए। नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरी सुधार प्रक्रिया अघि बढाइने र राष्ट्रिय स्वतन्त्र पार्टी को घोषणापत्रमा रहेका सम्बन्धित बुँदाहरू कार्यान्वयन गरिने उनले बताए।

हाल बजार घटिरहेको अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गर्दै उनले भविष्यमा सकारात्मक अवस्था आउने विश्वास व्यक्त गरे। सरकार दीर्घकालीन रूपमा काम गर्ने भएकाले छोटो समयको उतारचढावलाई लिएर नआत्तिन सुझाव दिए।

उनले नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नु सरकारको पहिलो प्राथमिकता रहेको पनि बताए। ग्रे लिस्टमा रहँदा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक प्रभाव पर्ने र लगानी वातावरण प्रभावित हुने भएकाले यसलाई हटाउन सरकार गम्भीर रहेको उनको भनाइ छ।

सम्पत्ति शुद्धीकरण र वित्तीय अपराधसम्बन्धी अनुसन्धान प्रमाणका आधारमा भइरहेको स्पष्ट पार्दै उनले ‘ह्वाइट कलर’ अपराधमा आर्थिक जरिबाना केन्द्रित नीति अपनाइने बताए। कसैलाई लक्षित गरेर कारबाही नगर्ने र खुला बजार अर्थतन्त्रमा विश्वास रहने उनले दोहोर्‍याए।

न्यायिक प्रक्रिया अदालतमार्फत हुने भएकाले सरकारले कानुनअनुसार मात्रै प्रक्रिया अघि बढाउने उनको भनाइ छ। अपराधमा संलग्नलाई उन्मुक्ति नदिइने तर निजी क्षेत्रमाथि अनावश्यक दबाब नपारिने नीति कायम रहने उनले स्पष्ट पारे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka