Premier Cables
Premier Steel

राजनीति

उपसभामुखमा नेकपाको दाबी

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २२, २०८२  | अपराह्न १:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाको उपसभामुख पदमा दाबी गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भएसँगै नेकपाले उपसभामुख पद आफ्नो भागमा पर्नुपर्ने दाबी अघि सारेको हो।

बिज्ञापन

नेकपा नेता वर्षमान पुनले यस विषयमा अन्य दलहरूसँग छलफल अघि बढाइने बताए। आइतबार प्रतिनिधि सभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको स्पष्ट पारे।

यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उपसभामुख पदमा दाबी गरेको छ।

संविधानअनुसार एउटै दलले सभामुख र उपसभामुख दुवै पद लिन नपाउने प्रावधान भएकाले अब रास्वपा बाहेकका दलमध्ये एकले उपसभामुख पाउने अवस्था बनेको छ।

उपसभामुख संवैधानिक परिषद्को सदस्य रहने भएकाले पनि यो पदमा दलहरूको चासो बढेको हो। प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्‍मा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

काँकडभिट्टा नाकाबाट एक वर्षमा रु ९ करोड ८४ लाखको सागसब्जी निर्यात

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

ग्यास सिलिन्डरमा ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन

Clock Iconबिहिबार, भाद्र ०४, २०८३

आयल निगमको तथ्याङ्का: ५ महिना यताकै सबैभन्दा बढी ४० लाख सिलिन्डर ग्यास आयात

Clock Iconबुधबार, भाद्र ०३, २०८३

पूर्वाञ्चल आयल सप्लायर्समा उपभोक्ता ठगीको खबरपछि विराटनगरका पेट्रोल पम्पहरुमा अनुगमन

Clock Iconबुधबार, भाद्र ०३, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka