Premier Cables
Premier Steel

खेलकुद

आईपीएल २०२६: सनराइजर्स हैदराबादको पहिलो जित, कोलकातामाथि ६५ रनले पराजित

Hamro Biratnagar News Channel Calendar शुक्रबार, चैत्र २०, २०८२  | बिहान ७:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा सनराइजर्स हैदराबादले आफ्नो पहिलो जित दर्ता गरेको छ । कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गर्दै हैदराबादले दुई खेलबाट पहिलो दुई अंक जोड्न सफल भयो ।

बिहीबार कोलकातास्थित इडेन गार्डेनमा खेलिएको खेलमा २२७ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरमै सबै विकेट गुमाउँदै १६१ रन मात्र बनाउन सक्यो ।

बिज्ञापन

कोलकातालाई सस्तोमा समेट्ने क्रममा जयदेव उनाड्कटले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । उनले तीन ओभरमा २१ रन मात्र खर्चिए । इशान मलिंगा र नितिसकुमार रेड्डीले समान दुई–दुई विकेट लिए भने हर्ष दुबेले एक विकेट हात पारे ।

कोलकाताका लागि अग्ंकृष रघुवंशीले २९ बलमा ५२ रन बनाउँदै अर्धशतक प्रहार गरे । उनले ६ चौका र २ छक्का प्रहार गरे । रिंकु सिंहले ३५ रन जोड्दा फिन एलनले २८, सुनिल नारायणले १२ र रमानदीप सिंहले १० रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२६ रनको विशाल योगफल खडा गरेको थियो ।

हेन्रिच क्लासेनले ३५ बलमा ५२ रन बनाउँदै टोलीका लागि सर्वाधिक योगदान दिए । अभिषेक शर्माले ४८ रन बनाउँदा ट्राभिस हेडले ४६, नितिसकुमार रेड्डीले ३९ र कप्तान इशान किशनले १४ रन जोडे ।

कोलकाताका बलर ब्लेसिङ मुजरबानीले चार विकेट लिए भने वैभव अरोराले दुई विकेट हात पारे । कार्तिक त्यागी र अनुकुल रोयले समान एक–एक विकेट लिए ।

यस हारसँगै कोलकाताको प्रतियोगितामा लगातार दोस्रो पराजय भएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka