Premier Cables
Premier Steel

खेलकुद

रोयल च्यालेन्जर्स बैंगलुरुकाे जित, चेन्नइको लगातार तेस्रो हार

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र २३, २०८२  | बिहान ७:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नई सुपर किंग्समाथि प्रभावशाली जित हासिल गरेको छ।

आइतबार चेन्नईस्थित एम चिन्नास्वामी रंगशालामा सम्पन्न खेलमा बैंगलुरुले चेन्नईलाई ४३ रनले हरायो। २५१ रनको विशाल लक्ष्य पछ्याएको चेन्नई १९.४ ओभरमा २०७ रनमै समेटियो।

बिज्ञापन

चेन्नईको इनिङ रोक्न बैंगलुरुका भुवनेश्वर कुमारले तीन विकेट लिए। ज्याकोब डफी, अभिनन्दन सिंह र क्रुनाल पण्ड्याले समान दुई–दुई विकेट लिए भने सुयाष शर्माले एक विकेट लिए।

ब्याटिङतर्फ चेन्नईका लागि सरफराज खानले २५ बलमा आठ चौका र दुई छक्का प्रहार गर्दै ५० रन बनाए। प्रशान्त विरले ४३, जेमी ओभर्टनले ३७, अन्सुल काम्बुजले अविजित १९ तथा शिवम दुवेले १८ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २५० रन बनाएको थियो। टिम डेविडले २५ बलमा ७० रनको विस्फोटक अर्धशतक प्रहार गरे। उनले कप्तान रजत पाटिदारसँग चौथो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए।

देवदत्त पाडिकालले २९ बलमा ५० रन बनाए भने रजत पाटिदार ४८, फिल शाल्ट ४६ र विराट कोहली २८ रनमा आउट भए।

चेन्नईका अन्सुल काम्बुज, जेमी ओभर्टन र शिवम दुवेले समान एक–एक विकेट लिए।

यस जितसँगै बैंगलुरुले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै चार अंक जोडेको छ। यता चेन्नईले भने लगातार तेस्रो हार बेहोरेको छ र अझै अंक खाता खोल्न सकेको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka