Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

जब अष्ट्रेलियाली सांसदले संसदभित्रै जुत्ताबाट खन्याएर बियर पिए !

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar आइतबार, जेठ ११, २०८२  | बिहान ११:०८ बजे

सिड्नी । अष्ट्रेलियाका एक जना सांसदले संसद बैठकमै जुत्तामा हालेर वियर पिएको भिडियो अहिले भाइरल भएको छ । संसदको बैठकमै यसरी बियर पिउँदा धेरैले अचम्म पनि मानेका छन् । कतिपयले प्रश्न पनि गरिरहेका छन् । आखिर ती सांसदले संसदमै किन यसरी बियर पिएका होलान ? यसले संसदीय मर्यादामा खलल पुग्दैन ?

सिड्नी मर्निङ हेराल्डले जनाएअनुसार सांसद काइल म्याकगिनले संसदको अन्तिम दिनलाई यादगार बनाउन धेरै विचागरी जुत्तामा हालेर बियर पिएको प्रतिक्रिया दिएका छन् ।

बिज्ञापन

गोल्डफिल्ड्स क्षेत्रका जनतालाई यही तरिका मन पर्ने आफूले ठानेको भन्दै उनले भने,‘म गाली खाँदै आएको मान्छे हुँ, त्यसैले यसलाई पनि सहेरै सकाउँछु, तर म पश्चिमी अष्ट्रेलियाका सबै सदस्यहरू र मतदाताहरूलाई दुई उत्कृष्ट कार्यकालका लागि धन्यवाद दिन चाहन्छु । चियर्स !’ यति भन्दै सांसद काइल म्याकगिनले जुत्तामा बियर खन्याए अनि पियउन थाले । यो दृश्य भिडियोमा पनि देख्न सकिन्छ ।

अमेरिकाको न्यूयोर्क टाइम्सको एक रिर्पोटमा यस्तो क्रियालाई सांस्कृति परम्पार भन्दै व्याख्या गरिएकाे छ । सन् २०१९ को एक रिपोर्टअनुसार, यो अष्ट्रेलियाली संस्कृतिको एउटा परम्परा हो, जसमा मानिसहरूले कुनै विशेष अवसर, उत्सव वा पार्टीमा कसैको जुत्तामा रक्सी, विशेषगरी बियर खन्याएर पिउँछन् । त्यही भिजेको जुत्ता फेरि उक्त व्यक्तिलाई लगाउन दिन्छन् । यसलाई शूई भन्ने गरिन्छ । सुरुको यथार्थ कथा के हो भन्ने स्पष्ट जानकारी छैन, तर धेरै प्रसिद्ध व्यक्तिहरूले यो परम्परालाई अँगालेका छन्।

यो परम्परा अपनाउनेहरूको सूचीमा अष्ट्रेलियाली फर्मुला वान चालक डयानियल रिकियार्डो, फिल्म स्टारहरू सर प्याट्रिक स्टुअर्ट, जिमी फालन, ह्यू ग्रान्ट र जेरार्ड बटलरको नाम समावेश छ । त्यस्तै, संगीतकारहरूमध्ये मेशिन गन केली र स्टम्रजीकाे नाम पनि यो सूचीमा पर्छ ।

सांसद काइल म्याकगिनले संसद बैठकमा जुत्तामा बियर राखेर पिएको भिडियोबारे अहिले विश्वभर बाट प्रतिक्रिया पनि आई रहेका छन् । उनले स्निकर्स जुत्ता खोल्छन्, त्यसमा बियर खन्याउँछन् र ‘चियर्स’ भन्दै घटघट बियर पिउँछन् ।
काइलको यस शैलीले संसदमै सबैलाई अचम्ममा पारेको छ । केही सांसदहरुले भने ताली बजाएर काइलको समर्थन गरेको पनि देखिन्छ ।

यद्यपि धेरैलाई अष्ट्रेलियाली सांसद काइल म्याकगिनको यो तरिका अचम्म लागिरहेको छ, तर वास्तवमा यो अष्ट्रेलियाली संस्कृतिको एक प्रसिद्ध परम्परा हो, जसलाई ‘शूई’ भनिन्छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka