Premier Cables
Premier Steel

राजनीति

एमाले संसदीय दलको नेतामा सुहाङको दाबी

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र १८, २०८२  | अपराह्न १२:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमा दाबी प्रस्तुत गरेका छन् ।

च्यासलमा जारी संसदीय दलको बैठकमा उनले वर्तमान जनभावना र पार्टीको आवश्यकतालाई ध्यानमा राख्दै नेतृत्व लिन इच्छा व्यक्त गरेको सहभागी एक नेताले बताए ।

बिज्ञापन

बैठकमा बोल्दै नेम्वाङले पार्टीको विधि र परम्परालाई सम्मान गर्दै जिम्मेवारी सम्हाल्न आफू तयार रहेको बताएका थिए । उनले देशको वर्तमान परिस्थितिलाई नजरअन्दाज गर्न नहुने उल्लेख गर्दै सदनभित्र र बाहिरको अवस्थाबारे आफू सजग रहेको धारणा राखे ।

उनले आफ्नो दाबी अग्रजहरूलाई अस्वीकार गर्ने आशय नभएको स्पष्ट पार्दै अहिलेको आवश्यकता युवाको ऊर्जा र अग्रजको अनुभवको संयोजन भएको बताएका छन् । उनका अनुसार सो विषयमा बैठकमा छलफल जारी छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka