Premier Cables
Premier Steel

राजनीति

एमाले नयाँ नेतृत्व चयन गर्न भोलि निर्वाचन

Calendar मंगलबार, पुष ०१, २०८२  | राती ८:५१ बजे

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका मतदान बुधबार मतदान हुने भएकाे छ ।

विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै बुधबार बिहान ८ बजेदेखि सुरू गर्ने गरी मंगलबारकाे मतदान प्रक्रिया स्थगित गरिएको हो । केपी ओली पक्षका महासचिवका उम्मेदवार शंकर पोखरेलले बन्दसत्र हलमा बुधबार बिहान ८ बजेदेखि मतदान हुने घोषणा गरेका थिए ।

बिज्ञापन

११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा नयाँ नेतृत्वका लागि १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यको निर्वाचन हुँदैछ ।

मतदानको समय यसअघि बिहान ११ बजे, मध्यान्ह १२ बजे, दिउँसो ३ बजे, ४ बजे र साँझ सात बजे हुँदै अहिले ८ बजे र त्सपछि बुधबारका लागि सारिएकाे बताइएकाे छ ।

मतदानका लागि ८० ठाउँमा विद्युतीय मतपत्र राखिएको छ । बाहिर पूर्वअभ्यासका लागि १० वटा नमुना मतपत्र राखिएको छ । एकजनालाई मत खसाल्न कम्तिमा २० मिनेट लाग्ने प्रतिनिधिहरूले बताएका छन् ।

एमालेमा १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यका लागि ६ सय ४४ जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी परेको छ । पाँच उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी एक महासचिवका लागि दुइजनाको उम्मेदवारी दिएका छन् भने तीन उपमहासचिवमा सात जना उम्मेदवार छन् । ९ सचिव पदका लागि २० जना प्रतिस्पर्धामा छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka