Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा श्री हनुमान जन्मोत्सव भव्य रूपमा मनाइने

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र १८, २०८२  | बिहान ८:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आगामी चैत १९ (भोलिदेखि) विराटनगरमा श्री हनुमान जन्मोत्सव तथा श्री हनुमान भजन मण्डलको १६ औँ वार्षिक उत्सव भव्य रूपमा मनाइने भएको छ। कार्यक्रम विराटनगरस्थित श्री बजरंगबली मन्दिर, सिघिया दरबार परिसरमा आयोजना गरिने आयोजकले जनाएको छ।

उत्सवका अवसरमा बिहानदेखि नै विभिन्न धार्मिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। बिहान ६:३० बजे चोला बदली, बाबाको श्रृंगार, ध्वजा पूजा एवं आरतीबाट कार्यक्रमको सुरुवात हुनेछ। त्यसपछि बिहान ८:३० बजे श्री हनुमान चालिसाको पाठ, ९:३० बजे बाबाको ज्योतको कार्यक्रम, १०:३० बजे सावामणी प्रसादको भोग तथा ११:३० बजे सामूहिक सुन्दरकाण्ड पाठ गरिनेछ।

बिज्ञापन

यसका साथै भारतबाट आएका कलाकारहरूद्वारा भव्य भजन–कीर्तन कार्यक्रम दिउँसो ३ बजेदेखि रातिसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यक्रम श्री हनुमान भजन मण्डल परिवार, विराटनगरद्वारा आयोजना गरिएको हो। आयोजकले श्रद्धालु भक्तजनहरूलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन आग्रह गरेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka