Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी मन्त्रीपरिषद् निर्णय, हावाहुरी क्षति र पुर्ननिर्माण कोषमा १५ करोड

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १२, २०८२  | बिहान ११:१४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छवटा निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गरेको छ। साथै, २०८३ सालका लागि सार्वजनिक बिदाको सूची पनि अनुमोदन गरिएको छ।

बिज्ञापन

बैठकले वित्तीय समानीकरण अनुदान तथा सवारी साधन कर बाँडफाँडसम्बन्धी निर्धारण गरिएको सीमा स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

यसैगरी, गत असोज १८ र १९ गतेको बाढी–पहिरो तथा चैत १ र २ गते आएको हावाहुरीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको विपद् कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले जानकारी दिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka