Premier Cables
Premier Steel

कोशी प्रदेश

उत्पादकको ठगी धन्दा : सुनसरीबाट एक हजार केजी बीउ बरामद

सूचीकृत नगरी डिलर संचालन र बिक्री वितरण

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शनिबार, जेठ १०, २०८२  | साँझ ५:०९ बजे

विराटनगर । कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयको टोलीले सुनसरीको विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध बीउ बरामद गरेको छ ।

मन्त्रालयका बाली विकास अधिकृत योगेन्द्र यादव र बीउ निरीक्षक पुरुषोतम जोशीको नेतृत्वको अनुगमन टोलीले शुक्रबार १ हजार २५ किलोग्राम धान तथा अन्य विभिन्न बालीका जातको बीउ बरामद गरेको हो ।

बिज्ञापन

कृषि मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले दिएको जानकारी अनुसार बीबी ११ जातको धानको बीउ ९ सय २० किलो, एमटियु ७०२९ जातको बीउ ३० किलो, कोमल १ सय १ किलो, सोना मन्सुली ६५ किलो र तरकारीको म्याद गुज्रेको बीउ ४ किलो रहेको छ ।

यसरी अवैध तरिकाले बीउ बजारमा पठाउने बीउ उत्पादकहरुमा राष्ट्रिय बीउ विजन कम्पनी प्रा.ली. मोरङ, कृषक बीउ उत्पादक समूह गौरादह–६ झापा, भूमि सिड मोरङ विराटनगर, कञ्चन बीउ उत्पादक उद्योग प्रा.ली. मेचीनगर झापा, मेची कृषक बहुमुखी सहकारी संस्था लि. मेचीनगर झापा, तमोर बीउ उत्पादक बिर्तामोड–७ झापा, इस्ट वेष्ट सिड कम्पनी, विराटनगर रहेका छन् ।

यस्तै कृषि सामग्री कम्पनी लिमिटेड इटहरीबाट बीउ व्यवसाय प्रमाण पत्र नभएका व्यसायीलाई पनि धानको बीउ उपलब्ध गराएको भेटिएको जोशीले बताए । जसमा भोक्राहा नर्सिंङ गाउँपालिकामा एक जना व्यवसायीलाई यसरी धानको बीउ उपलब्ध गराएको पाइएको हो ।

नेपालमा सूचीकृत तथा दर्ता नगरिएका बीउ बिक्री वितरण गर्न पाइँदैन । यसरी अवैध बीउहरु विक्री हुने गरेको किसानबाटै गुनासो आएपछि आफूहरुले अनुगमनका लागि टोली परिचालन गरेको मन्त्रालयका सचिव पाण्डेले बताए । हालसम्म बीउ विक्रेताहरुले किसानलाई ठगेर विभिन्न जातका धानको बीउ बिक्री वितरण गरिरहेका थिए ।

नेपाली बीउ उत्पादकहरुले पनि सूचिकृत तथा दर्ता नभएका बीउहरू उत्पादन गरेर बजारमा पठाएको भेटिएको हो । बीउ बिझन ऐन २०४५ तथा कोशी प्रदेश बीउ विजन ऐन २०८१ तथा बीउ बिजन नियमावली २०८१ का यसरी विक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम आएपछि प्रदेश बीउ विजन २०८१ र प्रदेश जीवनाशक विषादी ऐन २०८१ जारी भएको छ । मन्त्रालयले उक्त ऐन कार्यान्वयन गराउन बीउ विजन प्रयोगशाला झुम्काको प्रतिनिधि, कृषि ज्ञान केन्द्र सुनसरीको प्रतिनिधि र मन्त्रालयको वाली विकास अधिकृत योगेन्द्र यादव र बीउ निरीक्षक पुरुषोतम जोशीलाई अनुगमनको लागि पठाएको हो ।

अनुगमन गर्दा बीउ व्यवसायीहरुले अनुमति पत्र नवीकरण नगरेको, अनुमति पत्र नलिई बीउ विजन बिक्री गरेको र स्थलगत पसलमा जाँदा टोली आएको थाहा पाएपछि धेरै पसल बन्द गरेर व्यवसायीहरु हिंडेका थिए ।

‘कोशी गाउँपालिकामा एउटा पसल अनुमति नलिइ संचालन गरेको र भोक्राहा नसिंङ गाउँपालिकामा पुग्दा सबै पसल बन्द गरेसकेको तर सूचिकृत नभएको बीउ पसल बाहिर नै छोडेको थियो,’ बीउ निरीक्षक जोशीले भने, ‘वडा अध्यक्षको रोहबरमा जफत गरेका छौं ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka