Premier Cables

शेयर बजार

शेयर बजारमा दोहोरो अंकको गिरावट

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ०२, २०८२  | साँझ ४:२४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार २११ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ९७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

विज्ञापन

आज उत्पादत तथा प्रशोधन समूह बाहेकका सबै समूह रातो रङले पोतिएको छ । उत्पादन तथा प्रशोधन समूह ०.२५ प्रतिशतले बढ्दा सबैभन्दा बढी बैंकिङ समूह १.६१ प्रतिशतले घटेको छ ।

त्यस्तै, विकास बैंक समूह ०.८४ प्रतिशत, फाइनान्स समूह ०.७१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.२६ प्रतिशत, हाइड्रोपावर समूह ०.६१ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, जीवन बीमा समूह ०.९४ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.७५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४५ प्रतिशत, निर्जीवन बीमा समूह ०.४५ प्रतिशत र अन्य समूह १.०९ प्रतिशतले घटेको छ ।

आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘पछिल्लो समय सेयरबजारमा ट्रेडरहरु हाबी भएका कारण थोरै प्रतिशत नाफा बुक गरेर पनि सेयर बेचिहाल्ने प्रवृत्तिले बजार सस्टेन हुन सकिरहेको छैन । केही लगानीकर्ताले सेयर किनिरहेको भएपनि ट्रेडरहरुबाटै ठूलो सप्लाई आउँदा बजारले गति लिएको छैन तर भोल्युम भने पछिल्लो समय केही बढ्न पुगेको छ ।’

साथै पछिल्लो समय लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न थालेको उनले बताए । ‘बजारमा अहिले लगानीकर्ताहरुको मनोबल बढ्न थालेको छ, केही समययता कारोबार रकम बढ्न थालेको छ, यस हिसाबले बजारमा लगानीकर्ता प्रवेश गरेका छन्’ उनले भने, ‘बजारले २८ सयको गति लिइसकेको छ, विस्तारै यसरी नै ३ हजारमाथि बजार पुग्यो भने बल्ल ठूला लगानीकर्ताहरु बजार छिर्नेछन् र ट्रेडरहरु विस्तारै विस्तापित हुनेछन् र मार्केट वियरिस ट्रेन्डबाट बुलिस ट्रेन्डतर्फ अगाडी बढ्नेछ ।’

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka