Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशीका चार क्षेत्रमा कांग्रेस उमेदवारको जमानत जफत

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २८, २०८२  | साँझ ६:०४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । प्रतिनिधि सभा निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसले ४ क्षेत्रमा जमानत जोगाउन सकेन।

झापाका ३ र सुनसरीका १ गरी कूल ४ क्षेत्रमा कांग्रेस उम्मेदवारको जमानत जफत भएको देखिन्छ।

झापा २, झापा ३, झापा ५ र सुनसरी १ मा कांग्रेसका उम्मेदवारहरूले सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका हुन्।

रास्वपा वरिष्ठ नेता बालेन शाह झापा ५ बाट चुनाव जितेका थिए।

कांग्रेसको जमानत जफत भएका झापाका सबै क्षेत्र रास्वपाले र सुनसरी १ श्रम संस्कृति पार्टीले जितेको छ।

कोशीका अन्य क्षेत्रमा कांग्रेस उम्मेदवारले जमानत जोगाएका छन्।

निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा राखेको रकमलाई धरौटी भनिन्छ। १० प्रतिशत मत नल्याउने उम्मेदवारले यस्तो धरौटी रकम फिर्ता पाउँदैनन, निर्वाचन आयोगले जफत गर्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka