Premier Cables
Premier Steel

शेयर बजार

नेप्से परिसूचकसंगै बढ्यो शेयर कारोबार

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २८, २०८२  | साँझ ४:०४ बजे
Hamro Biratnagar Headlines

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमाथि उक्लिएको छ । सेक्सेटिभ इन्डेक्स समेत आज १.०४ प्रतिशतले बढेको छ ।

नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज तीन समूहबाहेकका सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी बैकिङ समूह बढेको छ । यो समूह २.०२ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, विकास बैंक समूह १.२८ प्रतिशत, फाइनान्स समूह १.३० प्रतिशत, हाइड्रो समूह १.१० प्रतिशत, लगानी समूह १.१४ प्रतिशत, जीवन बीमा समूह ०.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.७३ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.२७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.४८ प्रतिशतले बढेको छ ।

आज तीन समूहमा भने रातो रङ पोतिएको छ । होटल तथा पर्यटन समूह ०.३५ प्रतिशत, निर्जीवन बीमा समूह ०.०४ प्रतिशत र अन्य समूह ०.७४ प्रतिशतले घटेको छ ।

चुनावपछि सेयर लगानीकर्ताहरुमा मनोबल बढ्न थालेपछि सेयरबजारले लय लिन थालेको बजार जानकार उपेन्द्र पाठकले बताए । ‘चुनावपछि बजार खुल्ने बित्तिकै मार्केटमा तीनपटक पोजेटिभ सर्किट लागेर हल्ट भएको थियो, जसकारण लगानीकर्ताले नाफा बुक गर्दा दुई दिन बजारमा करेक्सन देखिएको थियो’ उनले भने, ‘अब लगानीकर्ताहरुको मनोबल उच्च भइसकेको छ, बजार विस्तारै यसरी घटबढ हुँदै बढ्नेछ ।’

लगानीकर्ताहरुले विशेषगरी अपेक्षा गरेअनुसारको स्थिर सरकार पाउने भएसँगै नीतिहरु पनि स्थिर बन्ने आशाले लगानीकर्ताको आत्मबल उच्च भएको उनले बताए । ‘स्थिर सरकार बनेपछि नीतिहरु पनि स्थिर रहनेछन्, राजनीतिक अस्थिरता विस्तारै हट्दै जानेछन्’ उनले भने, ‘अब रास्वपाको स्थिर सरकार बनेपछि अझै पोलिसीहरु राम्रो आउने अपेक्षा गरिएको छ, लगानीकर्ताहरु उत्साहित छन् विस्तारै बजारमा एक्युमुलेशन हुन्दै बढ्दै जाने देखिन्छ ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka