Premier Cables

विराटनगर

मानगढ खानेपानी मतदान अपडेट : साढे ११ बजेसम्म १४५६ मत खस्यो

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ १०, २०८२  | बिहान ११:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरको मानगढ खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । जनता क्याम्पस पुस्पलाल चौकमा तोकिएको निर्वाचन स्थलमा मतदान बिहान सबा ७ बजेदेखि शुरु भएको हो ।

साढे ११ बजेसम्म १४५६ मत खसेको निर्वाचन समितिले जनाएको छ । बिहानैदेखि मतदाता लाम लागेर उभिएका छन् । निर्वाचनलाई मध्यनजगर गरी पुष्पलाल चौक दक्षिणतिरको सडक बन्द गराइएको छ ।

विज्ञापन

दक्षिण आउने सवारी साधनहरु दुधफारम चोकतिरबाट पास गराइएको छ । त्यहाँको सुरक्षा व्यवस्था मिलाउन पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

विराटनगर–१ पुष्पलाल चोकस्थित पूर्वाञ्चल विश्वविद्यालयको जनता क्याम्पसमा जारी मतदानको समय बेलुका ५ बजेसम्म तोकिएको छ ।

नयाँ नेतृत्व छान्न पछिल्लो पटक २०८१ जेठ १९ मा मतदान भएको थियो । तर, निर्वाचन प्रक्रियाको विषयमा मुद्दा परेपछि उच्च अदालत विराटनगरले पुन: मतदान गर्नुपर्ने फैसला गरेको थियो । निर्वाचन अधिकृत अधिवक्ता रुकमिणा नेपालले बताएअनुसार समितिको नेतृत्व छान्न ५ हजार ९८८ उपभोक्ता मतदाता छन् । मतदान स्थलमा १२ वटा बुथ राखेर मत खसाउने प्रबन्ध गरिएको छ ।

अध्यक्ष पदमा रामबहादुर घिमिरे, लालमणि भट्टराई र दुर्गा चापागाईँ प्यान बनाएर चुनावी मैदानमा छन् । भट्टराई र घिमिरे नेकपा एमालेका तर्फ बाट उम्मेदवार बनेका हुन । यसैगरी चापागाईँ नेपाली कांग्रेसको समर्थित उम्मेदवार हुन् ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka