Premier Cables
Premier Steel

राजनीति

कुन प्रदेशमा कति मतदान ? गण्डकीमा २२ प्रतिशत खस्यो

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २१, २०८२  | अपराह्न १:२५ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा १२ बजेसम्म मुलुकभर १६.८८ प्रतिशत मत खसेको छ । कोशी प्रदेशमा सबैभन्दा बढी गण्डकीमा २२.५० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम मधेसमा १० प्रतिशत मत खसेको नेपाल प्रहरीको केन्द्रीय निर्वाचन परिचालन डेस्कले जानकारी दिएको छ ।

कोशीमा १५.६० मत खसेको छ भने बागमतीमा १७.२१ प्रतिशत मत सखेको छ । लुम्बिनीमा १६.०६ प्रतिशत मत खस्दा कर्णालीमा २०.२३ प्रतिशत मतदान भएको छ । यस्तै सदुरपश्चिम प्रदेशमा २०.०७ प्रतिशत मत खसेको हो ।

१६५ निर्वाचन क्षेत्रमा १० हजार ९६७ मतदान स्थल तोकिएको छ । मतदाताको संख्या १ करोड ८९ लाख २६ हजार ८९ मतदाता रहेका छन् । हालसम्म ३१ लाख ९ हजार ८८ मत खसेको हो । काठमाडौं उपत्यकामा २५.५ प्रतिशत मत खसेको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka