Premier Cables
Premier Steel

राष्ट्रिय

निर्वाचनका दिन कस्ता सवारी साधनले पास लिनु पर्दैन ?

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | अपराह्न २:१७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सेवासँग सम्बन्धित सवारी साधनलाई निर्वाध रूपमा सञ्चालन गर्न व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दमकल, एम्बुलेन्स, शववाहनलगायत अत्यावश्यक सवारीसाधनका साथै खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु र पेट्रोलियम पदार्थ बोकेका गाडीहरू सहज रूपमा सञ्चालन गर्न पाइनेछ। यस्ता सवारीसाधनका लागि कुनै पनि प्रकारको पास आवश्यक नपर्ने उनले स्पष्ट पारे।

त्यसैगरी दूरसञ्चार, खानेपानी, विद्युत् तथा ढल मर्मतमा प्रयोग हुने सवारीसाधन, अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घर–अस्पताल आवतजावत गर्न पनि पास नचाहिने जानकारी उनले दिए।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधनलाई समेत सहज आवतजावतको व्यवस्था गरिएको छ। साथै हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, काखे बच्चासहितकी महिला, अशक्त वा अपाङ्गता भएका व्यक्ति र उनीहरूका एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि रोकतोक नहुने आयोगले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka