Premier Cables
Premier Steel

कोशी प्रदेश प्रदेश

संखुवासभामा दाहसंस्कार गर्न लगेको बालिकाको शव प्रहरी नियन्त्रणमा, शंकास्पद घटनामा परिवारका सदस्य पनि पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar शुक्रबार, जेठ ०९, २०८२  | बिहान १०:१२ बजे

विराटनगर । संखुवासभाको भोटखोला गाउँपालिकामा एक बालिकाको शव दाहसंस्कार गर्ने तयारी भई रहँदा प्रहरीले परिवारलाई नियन्त्रणमा लिएको छ ।
भोटखोला –४ सिप्प्रङकी ६ वर्षीया एक बालिकाको शवसमेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटि गएको टोलीले गोपाल तामाङकी छोरी युनिकाको शव विहीबार नियन्त्रणमा लिएको हो । शव शल्य परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

गत वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइबुहारी कल्पनाबीच घरायसी विवाद भएको थियो । त्यस क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको आरोप थिययो । लडेर घाइते भएकी युनिकाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा जेठ ७ गते मृत्यु भएको बताइएको छ ।

बालिकाको शव नोबेल अस्पतालबाट घर ल्याउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएर शवलाई जिल्ला अस्पताल लगेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्सपेक्टर अभिषेक श्रेष्ठले दिएको जानकारी अनुसार घटना शंकास्पद रहेको बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka