Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा सामान्य सुधार

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण ११, २०८२  | साँझ ५:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजारमा सामान्य वृद्धि देखिएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०९ प्रतिशत अर्थात् २.४१ अंकले बढेर २,६१६.९७ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले बढेर ४५१.०५ विन्दुमा पुगेको छ।

बिज्ञापन

आज नेप्सेमा सूचीकृत ३२९ वटा कम्पनीका १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो कारोबार दिन भने ६ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

सबै समूहमा गिरावट

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छायो भने बाँकी ७ वटामा रातो पोतियो ।

विकास बैंक समूह सर्वाधिक ०.९० प्रतिशतले बढ्दा बैंकिङ समूह ०.२८ प्रतिशत, फाइनान्स ०.५६ प्रतिशत, लगानी ०.३७, जीवन बीमा ०.०७ र अन्य समूह ०.०८ प्रतिशतले बढ्यो ।

आज म्युचुअल फण्ड समूहमा सर्वाधिक अर्थात ०.४१ प्रतिशतको गिरावट आयो ।

होटल समूह पनि आज ०.३५ प्रतिशत, हाईड्रो ०.२३, उत्पादन तथा प्रशोधन ०.०६, लघुवित्त ०.०७, निर्जीवन बीमा ०.२२ र व्यापार ०.०३ प्रतिशतले घटे ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa