Premier Cables
Premier Steel

राष्ट्रिय

आचारसंहिता पालना गर्न दलहरू सहमत

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण ११, २०८२  | अपराह्न १२:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सुनसरी जिल्लामा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार आयोजित सर्वदलीय बैठकमा सहभागी विभिन्न दलका प्रतिनिधिहरूले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र निष्पक्ष बनाउन यस्तो सहमति गरेका हुन्।

बिज्ञापन

निर्वाचन आयोगले तोकेका नियमहरूको उल्लंघन नगरी स्वस्थ प्रतिस्पर्धामा उत्रिने उनीहरूको उद्घोषले जिल्लाको चुनावी वातावरणलाई थप जिम्मेवार बनाएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार बैठकमा सहभागी दलहरूले फागुन १२ गतेभित्र निर्वाचन आचारसंहिता विपरीत राखिएका सबै प्रकारका प्रचार सामग्री र ब्यानरहरू हटाउन मन्जुर गरेका छन्।

तोकिएको समयसीमाभित्र सामग्री नहटाएमा कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ। विशेष गरी चुनावी प्रचारप्रसारका क्रममा चर्को आवाजमा बज्ने डिजेको प्रयोगलाई पूर्ण रूपमा निषेध गर्ने र सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्ने विषयमा सबै पक्ष सहमत भएका छन्। यस निर्णयले सर्वसाधारणलाई ध्वनि प्रदूषण र अनावश्यक तनावबाट राहत मिल्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka