२०८२ जेठ ०९, शुक्रबार
Premier Cables

अर्थ कोशी प्रदेश

उद्योगका विद्युत समस्याबारे छलफल गर्न हितेन्द्रदेव शाक्य विराटनगरमा

Hamro Biratnagar Calendar बिहिबार, जेठ ०८, २०८२  | 2:04 PM

विराटनगर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य विराटनगर आएका छन् ।

बिज्ञापन

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएपछि पहिलो पटक उनी कोसी प्रदेशको भ्रमणमा आएका हुन । उनले प्राधिकरणको कोसी प्रदेश कार्यालय निरीक्षण गरी कर्मचारी तथा प्राविधिकहरुसँग छलफल गर्दैछन् ।

बिज्ञापन

खासगरी कोसीमा औद्योगिक क्षेत्रमा भइरहेको अनियमित विद्युत आपूर्तिको सन्दर्भमा भएको उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मोरङ उद्योग व्यापार संघले बिहीबार शाक्यको स्वागत कार्यक्रम आयोजना गरेको छ । औद्योगिक क्षेत्रमा हुने गरेको विद्युत कटौती, ट्रिपीङ र लो–भोल्टेजको विषयमा समेत जानकारी गराइने संघले जनाएको छ ।

संघीय मन्त्रिपरिषद्ले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गरेको थियो ।

शाक्य यसअघि २७ माघ २०७७ मा पनि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । तर २५ साउन २०७८ मा उनलाई हटाएर कुलमानलाई नै कार्यकारी निर्देशक बनाइएको थियो ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर