Premier Cables
Premier Steel

कोशी प्रदेश

झापा ५ मा गुमेको बिरासत फर्काउने कांग्रेसजनको दृढता

Calendar सोमबार, फाल्गुण ०४, २०८२  | बिहान १०:४६ बजे

दमक। झापाको क्षेत्र नं ५ मा हेभिवेट भनिएका उम्मेदवार नेकपा एमालेका केपी शर्मा ओली पार्टीको आन्तरिक एकता मिलाउन व्यस्त हुँदा प्रतिस्पर्धी दल नेपाली कांग्रेसका तर्फबाट प्रस्तुत गरिएकी महिला उम्मेदवार मन्धरा चिमरिया पौडेलले भने घरदैलो र विभिन्न सामाजिक कार्यकर्ताहरुसँगको भेटघाटलाई बढाएकी छिन् ।
एक साता लामो क्षेत्र बसाईपछि काठमाडौं फर्किएका एमाले अध्यक्ष ओली आइतबार सो पार्टी निकटका शिक्षकहरुलाई मिलाउन केन्द्रित हुँदा कांग्रेस उम्मेदवार चिमरिया दिनभर दमकको मुख्य बजार क्षेत्रका मतदाताहरुमाझ पुगेकी हुन् । उनले पूर्व निर्धारित तालिका अनुसारनै आइतबार बिहानैदेखि दमकको ६ नम्बर वडाका मतदाताहरुलाई घर, पसलमा पुगेर भेट गरेकी हुन् ।
मतदाताहरुसँगको भेटमा उम्मेदवार चिमरियालाई बिषम परिस्थितीमा महिला नेतृत्वहरुको भुमिका महत्वपूर्ण हुने भएकाले झापा ५ को भुगोलमा सधैं क्रियाशील महिला उम्मेदवारनै आफूहरुको रोजाईमा पर्ने भन्दै उत्साहपूर्ण प्रतिक्रिया दिएका छन् ।
वडा नं ६ मा मत माग्ने सिलसिलामा घरदैलो कार्यक्रमपछि भेटिएका कांग्रेसका पुराना स्थानीय कार्यकर्ता महेन्द्रनारायण चौधरीले भने– कांग्रेसमा परिवर्तन आएको छ , गगन थापा नेतृत्वको नयाँ कांग्रेस बनेकोले पनि म एकदमै खुशी छु ।
गगन थापा दमक आएपछि एकपटक भेटेरै बधाई दिँदै सुझाव पनि राख्नु छ । कांग्रेस दमक नगर समितिका कार्यवहाक सभापति प्रेम भट्टराईले उम्मेदवारसँगै कांग्रेसका पुराना नेता, कार्यकर्ताहरुसमेत घरदैलोमा सहभागी हुँदा बिगतमा गुमेको कांग्रेसको बिरासत फर्काउन सकिने विश्वास बढेको प्रतिक्रिया दिए ।
कांग्रेसले २०५६ को उपचुनावमा यो क्षेत्रमा जित हासिल गरेको थियो । स्वर्गीय ड गोपाल कोइरालालाई उम्मेदवार बनाउँदा कांग्रेसजनमा जुन उत्साह थियो त्यही उत्साह अहिले कार्यकर्ताहरुमा देखिइरहेको बताउँदै कांग्रेसका जिल्ला सदस्य एवं युवा नेता पर्शुराम रिजालले यसपटक कांग्रेसले यहाँ गुमेको बिरासत फर्काउने दाबी गरे ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka