Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा निःशुल्क बाँडियो कण्डम, सही ढंगले प्रयोग गर्न आग्रह

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण ०१, २०८२  | साँझ ५:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा विराटनगरमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ। सुरक्षित यौन व्यवहार तथा एचआईभी/एड्स र अन्य यौनजन्य संक्रमणबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको हो।

AHF Nepal को आयोजनामा तथा विभिन्न संघ-संस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। यस क्रममा नोबेल मेडिकल कलेज मा एचआईभी/एड्स तथा यौनजन्य रोगसम्बन्धी एकदिने सीएमई (Continuing Medical Education) कार्यक्रम सञ्चालन गरिएको थियो।

बिज्ञापन

कण्डम सुरक्षित, सस्तो र प्रभावकारी माध्यम भएकाले यसको नियमित प्रयोग आवश्यक रहेकोमा जोड

कार्यक्रममा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहजीकरण कोशी अस्पताल का फिजिसियन डा. सुनिल बाबु खनालले गरेका थिए।

यसैगरी कोशी अस्पताल परिसरमा निःशुल्क कण्डम वितरण तथा सही प्रयोगबारे परामर्श दिइएको थियो। जोगबनी नाकामा निःशुल्क एचआईभी परीक्षण र कण्डम वितरण गर्दै सीमा क्षेत्रमा आवतजावत गर्ने यात्रु, मजदुर तथा सवारी चालकलाई लक्षित सचेतना कार्यक्रम गरिएको थियो।

कार्यक्रमअन्तर्गत ६ हजारभन्दा बढी कण्डम वितरण गरिएको एएचएफ नेपालले जनाएको छ। वक्ताहरूले कण्डम सुरक्षित, सस्तो र प्रभावकारी माध्यम भएकाले यसको नियमित प्रयोग आवश्यक रहेकोमा जोड दिएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka