Premier Cables

कोशी प्रदेश

कोसीका मन्त्रीले निर्णय सुनाउँदा मिति नै उल्टो पढे !

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ २९, २०८२  | बिहान ११:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय सार्वजनिक गरेको छ। तर निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले मिति नै त्रुटिपूर्ण रूपमा पढेपछि अन्योल सिर्जना भएको छ।

मन्त्री पराजुलीले ‘आयोजना बैंक सम्बन्धी कार्यविधि २०८२’ लाई ‘२०२८’ भनेर उल्लेख गरेपछि गलत सूचना प्रवाह भएको हो। यद्यपि, मुख्यमन्त्रीको निजी सचिवालयले पछि उक्त त्रुटि सच्याएको जनाएको छ। हतारमा टिपोट पढ्दा मिति उल्टो उल्लेख भएको बताइएको छ।

विज्ञापन

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्ने विधेयक प्रदेश सभामा पठाउन कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको छ।

त्यस्तै, आयोजना छनोट तथा वर्गीकरण तथा आयोजना बैंक व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२ लाई मन्त्रिपरिषद्को आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरिएको छ।

चालु आर्थिक वर्षमा प्रदेशस्तरबाट कार्यान्वयन हुने समपुरक र विशेष अनुदानअन्तर्गतका आयोजना तथा कार्यक्रम राष्ट्रिय आयोजना आयोगको विद्युतीय प्रणालीमा प्रविष्ट गर्ने निर्णयसमेत गरिएको छ।

यसैगरी, ‘स्मुद ट्रान्जेक्सन’ कार्यान्वयनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता मन्त्री पराजुलीले जानकारी दिए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka