Premier Cables
Premier Steel

कोशी प्रदेश

‘बाल बालिकलाई अघि बढाएर रगत बगिसकेपछि अहिले अंश लिन जानेको झगडा छ’

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, माघ २८, २०८२  | साँझ ४:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रगत बगाउन बालबालिकालाई अघि बढाएर लुक्ने अनि रगत बगिसकेपछि श्रद्धाञ्जलीसमेत दिन नजाने कायरहरुले अंश लिनका लागि झगडा गर्नु कति जायज हो भन्दै प्रश्न गरे ।

कोशी प्रदेश सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै कार्कीले भने,‘‘रगतले लत्पत्तिएको जुत्ता सडकमा थियो, जसको जुत्ता थियो बिरामी अवस्थामै जुत्ता लिन आए तर जुत्ता बनाउनेले नै लगिसकको रहेछ ।’’

बिज्ञापन

बालबालिकाको रगत लगेर रगत भजाउँदै हिंड्ने अधिकार कसैको नभएको भन्दै उनले जेनजी उमेर समूहलाई नै आतंककारी करार गर्न कसैले नपाउने कार्कीले बताए । उनले भने,‘‘जेनजी आन्दोलनमा गाला चाउरी भएका मानिसहरु नजानुहोला भन्ने तर वार्ता हजुरआमाले गर्ने ?’’ कार्कीले सरकारले केटाकेटी सम्झिएर गल्ती गरेको भन्दै स–साना कुरालाई वास्ता नगर्दा ठूलो क्षति भएको बताए ।

सडकको आवाज सदनको भन्दा ठूलो हुने भन्दै पूर्वमुख्यमन्त्री कार्कीले त्यस्ता आवाजलाई नजरअन्दाज गर्न नहुने बताए । जनसंख्याको आधारमा बजेटको आकार ठूलो भएपनि यसको कार्यान्वयन कमजोर रहेको तथ्य पेश गरे ।

बजेटक खर्च कम भयो भारतमा ८३ प्रतिशत हुन्छ । विकास खर्चभन्दा पूँजीगत खर्च कम भएको भन्दै उनले सदनले पास गरेको बजेट सदनले चासो नराख्दा पनि जनताबाट गाली खानु परेको सुनाए । पास गरेको बजेट टेन्डर नै नलाग्ने तर मन्त्रीले लगाउने विकृति बढेको बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka