Premier Cables
Premier Steel

समाचार

डिपिएस विराटनगर विजयी 

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ २६, २०८२  | अपराह्न २:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

 

विराटनगर । डीपीएस विराटनगरका विद्यार्थी रोहन अग्रवालले इन्टर कलेज एकडेमिक इभेन्ट डिजाइन फर ग्रेड १२ साइन्स एन्ड मेनेजमेन्ट स्टुडेन्टस अफ झापा सुनसरी एन्ड मोरङ क्विजमा दोस्रो स्थान हासिल गरेका छन् ।

बिज्ञापन

 

विराटनगर, माघ २४, २०८२ मा गुरुकुल सिए मेघा क्वीज एन्ड स्टुटेन्ट कनक्लेभ २०२६ द्वारा अयोजित हाजिरीजवाफ छनौट प्रतियोगितामा दिल्ली पब्लिक स्कुल (डिपिएस) विराटनगरका विद्यार्थी रोहन अग्रवालले दोस्रो स्थान प्राप्त गरेका छन्।

 

विराटनगरको स्वागतम् होटल रोडशेष चोकमा आयोजित उक्त प्रतियोगितामा २० भन्दा बढी स्कुलका २०० भन्दा बढी विद्यार्थीहरु सहभागी थिए।

 

कक्षा १२ का विद्यार्थीहरुका लागि लक्षित यस प्रतियोगिताको पाठ्यक्रममा विज्ञान तथा प्रविधि र व्यवस्थापनबाट प्रश्नहरू सोधिएका थिए।

 

रोहन अग्रवालले यो सफलता हासिल गरेसँगै नगद पुरस्कार रु. १५,००० र एक आकर्षक ट्रफी पनि जितेका छन् ।

विद्यालयले प्रतियोगिताको पाठ्यक्रम नियमित शैक्षिक पाठ्यक्रमभन्दा फरक भए पनि, शिक्षक कुबेर छेत्रीको निरन्तरको निर्देशन तथा सहयोग एवम् विद्यार्थीको समर्पण तथा टीमवर्कका साथ गरिएको तयारीले यो गौरवशाली उपलब्धि सम्भव भएको देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka