Premier Cables
Premier Steel

राजनीति

कांग्रेसको मधेस सभा फागुन ६ मा जनकपुरधाममा

Calendar आइतबार, माघ २५, २०८२  | बिहान १०:१६ बजे

 

जनकपुर । नेपाली कांग्रेसको मधेस सभा जनकपुरधाममा हुने भएको छ । शनिबार बसेको नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले आगामी फागुन ६ गते मधेस सभा जनकपुरधाममा आयोजना गर्ने निर्णय गरेको हो ।

 

पार्टीको प्रदेश कार्यालय थापा चौक जनकपुरधाममा बसेको बैठकले जनकपुरधामस्थित तिरुहुतिया गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको कांग्रेस मधेस प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

 

बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ।

 

त्यसैगरी मधेस सभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेस प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू बोलाउने निर्णय गरिएको छ ।

 

उक्त सभामा कांग्रेस केन्द्रीय सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । त्यस्तै केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने प्रचार प्रसार विभाग प्रमुख गुप्ताले बताए ।

 

कांग्रेसले सातै प्रदेशका मुख्य सहरहरूमा सभा गरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको प्रचार प्रसार गर्ने भएको हो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka