Premier Cables
Premier Steel

कोशी प्रदेश

केपी ओली गृह जिल्लामा, भने- झापा सूर्यमय हुँदैछ

Calendar शुक्रबार, माघ २३, २०८२  | साँझ ५:२२ बजे

भद्रपुर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक आफ्नो गृहजिल्ला झापा पूर्ण रूपमा ‘सूर्यमय’ हुने दाबी गरेका छन् ।

शुक्रबार झापा आउने क्रममा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

अध्यक्ष ओलीले झापाली जनतामा एमालेप्रति व्यापक समर्थन रहेको उल्लेख गर्दै आगामी दिनमा झापालाई पार्टीको बलियो आधारका रूपमा विकास गर्न नेता, कार्यकर्ता र समर्थकहरूलाई आ-आफ्नो क्षेत्रबाट सक्रिय योगदान दिन आग्रह गरे ।

पार्टी सुदृढीकरणमा युवाको भूमिकालाई विशेष महत्व दिँदै उनले युवापुस्ताले एमालेको पक्षमा जनमत निर्माणमा सक्रिय सहभागिता जनाइरहेको बताए । युवाहरूको ऊर्जा, उत्साह र सक्रियताले पार्टीलाई थप मजबुत र गतिशील बनाउने उनको भनाइ थियो ।

अध्यक्ष ओलीको स्वागतका लागि चन्द्रगढी विमानस्थलमा नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाललगायत शीर्ष नेताहरू उपस्थित थिए । सो अवसरमा ठूलो संख्यामा पार्टी कार्यकर्ता र युवाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka