Premier Cables
Premier Steel

विराटनगर

कोइराला निवासमा कविता वाचन

Calendar बिहिबार, माघ २२, २०८२  | बिहान ९:४७ बजे

विराटनगर । नेपाली लेखक संघ मोरङले विराटनगरमा विराटनगरस्थित कोइराला निवासमा कविता वाचन कार्यक्रम आयोजना गरेको छ ।

‘जलाइएको निवास र बाँचेका विचार’ विषयमा केन्द्रीत रही कविता वाचन गरिएको थियो ।

कांग्रेस नेता डा. शेखर कोइरालाले पनि कविता सुनेका थिए । उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आफ्नो अडान कायम रहेको बताए ।

कार्यक्रममा लेखक कवि नेपाली कांग्रेसका युवा नेता सूयर्माराज राई, प्राडा हरिहर भण्डारी र साहित्यकार सीमा आभासले बीपी कोइरालासँग जोडिएको साहित्यिक पक्षबारे चर्चा गरेका थिए ।

आयोजक समितिका अध्यक्ष दिङ्लाली कान्छोको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज साहित्यकारसमेत रहेका विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, चूडामणि नेपाल ‘अकिञ्चन’, जेनजी अर्पित कुँवरलगायतले वीपी कोइरालाले लेखेका कविता प्रस्तुत गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka