Premier Cables
Premier Steel

कोशी प्रदेश

भोट माग्दै जहदाका अध्यक्ष साह र विराटनगर-७ का वडाध्यक्ष तिवारी उमेदवारको पछिपछि

Calendar बुधबार, माघ २१, २०८२  | बिहान ११:३५ बजे

विराटनगर । नेपाली कांग्रेसबाट विभिन्न निर्वाचन क्षेत्रका उमेदवारको चुनावी कार्यक्रममा पालिकाका मेयरदेखि वडाध्यक्षसम्म सहभागी भई रहेका छन् । निर्वाचन आचारसंहिता विपरीत महानगर, नगरपालिका र गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि पार्टीको चुनावी अभियानमा सक्रिय बनेका हुन् ।

मोरङको जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साह र अन्य वडाध्यक्ष खुलम खुल्ला चुनावी अभियानमा लागेका छन् । मोरङ ६ मा पनि कांग्रेस उमेदवारको पक्षमा मत माग्दै वडा नं ७ का वडाध्यक्ष मधुवाबु तिवारी कुदिरहेका छन् ।

मोरङ ६ मा पनि कांग्रेस उमेदवारको पक्षमा मत माग्दै वडा नं ७ का वडाध्यक्ष मधुवाबु तिवारी कुदिरहेका छन् ।

प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भई निर्वाचन आयोगको आचारसंहिता लागू भइसकेको अवस्थामा पालिकाका बहालवाला अध्यक्ष तथा वडा अध्यक्षहरू स्वयं घर-दैलो गर्दै चुनावी गतिविधिमा संलग्न हुनु निर्वाचन आचारसंहिता दफा ४ र दफा ७० को स्पष्ट उल्लङ्घन हो।

सरकारी साधन प्रयोग नभए पनि बहालवाला पदाधिकारीले आफ्नो पद र हैसियतको प्रभाव प्रयोग गरी मतदाता प्रभावित गर्ने कार्य आचारसंहिताले निषेध गरेको छ। निष्पक्ष र स्वतन्त्र निर्वाचनको मर्ममाथि ठाडो चुनौती दिने कार्य भएको अन्य दलका उमेदवारले बताएका छन् ।

उनीहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने तयारी भएको बताइएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की झापा ५ मा केपी ओलीको मनोनयनमा सहभागी भएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka