Premier Cables
Premier Steel

कोशी प्रदेश

६ जना उमेदवार निस्कृय बनेर डा.शेखर कोइरालालाई गरे समर्थन

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण १८, २०८२  | साँझ ५:०५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । डा. शेखर कोइराला लाई समर्थन गर्दै मोरङ क्षेत्र नं ६ का विभिन्न दलका उम्मेदवारहरूले आफूहरू प्रत्यक्षतर्फ निष्क्रिय बस्ने निर्णय गरेका छन्। उनीहरूले प्रत्यक्ष निर्वाचनमा कोइरालालाई सहयोग गर्ने र समानुपातिकतर्फ भने आफ्नै दललाई मत हाल्ने रणनीति सार्वजनिक गरेका हुन्।

बलराम खवास (नागरिक उन्मुक्ति पार्टी), राजु मण्डल (जनता समाजवादी पार्टी नेपाल) र सुधराम माझी थारु (जनमत पार्टी) ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै कोइरालालाई सघाउने घोषणा गरेका छन्।

यसैगरी तिलक राजवंशी (नेपाल मजदुर किसान पार्टी), महमद जाविर (जनता समाजवादी पार्टी) र राम खत्री (जेन्जी समूह) ले पनि कोइरालालाई समर्थन जनाउँदै यसअघि नै निर्वाचन आयोगमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

उनीहरूले वर्तमान परिस्थितिमा लोकतन्त्र र देशको हितका लागि आफ्नो व्यक्तिगत तथा दलगत स्वार्थभन्दा कोइरालाको जित आवश्यक रहेको निष्कर्षमा पुगेर यस्तो निर्णय गरेको बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka