Premier Cables
Premier Steel

राजनीति

बालेन, हर्क, निकोलस र महेश बस्नेत आयोगको स्पष्टीकरणको घेरामा

Calendar मंगलबार, माघ १३, २०८२  | अपराह्न १२:३१ बजे

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनको आशंकामा विभिन्न क्षेत्रका चार जना प्रतिनिधिसभा सदस्य उम्मेदवारसँग स्पष्टीकरण मागेको छ।

आयोगका अनुसार झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाहसँग समेत स्पष्टीकरण सोधिएको छ।

बिज्ञापन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा बालेन शाहले गरेको टिप्पणीबारे उजुरी परेपछि आयोगले स्पष्टीकरण मागेको जनाएको छ। झापा–५ बाट बालेन शाह र केपी शर्मा ओली दुवै प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आयोगले अन्य तीन उम्मेदवारसँग पनि आचारसंहिता सम्बन्धी विषयमा स्पष्टिकरण माग गरेको छ। तीमध्ये रुपन्देही क्षेत्र नं. २ बाट नेपाल जनसेवा पार्टीका तर्फबाट उम्मेदवारी दिएका कमल भुसाल (निकोलस भुसाल), सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष तथा उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) रहेका छन्।

यस्तै, भक्तपुर–२ बाट नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक (शोभा पाठक) र सोही क्षेत्रबाट नेकपा (एमाले)का सचिव महेश बस्नेतसँग पनि आयोगले स्पष्टीकरण मागेको छ।

आयोगका अनुसार कमल भुसाललाई ‘जेनजी’ आन्दोलनसँग जोडिएको ‘आइकोनिक’ जुत्तालाई चुनाव चिह्नका रूपमा प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको हो। हर्क साम्पाङलाई भने चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको तथा उनीहरूलाई प्रचारात्मक टिसर्ट लगाएको विषयमा स्पष्टीकरण माग गरिएको छ।

त्यस्तै, जानुका पाठकमाथि अन्य उम्मेदवारविरुद्ध घृणाजन्य टिप्पणी तथा आरोप लगाएको विषयमा उजुरी परेको आयोगले जनाएको छ। महेश बस्नेतसँग झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सम्बन्धी आपत्तिजनक टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको आयोगले स्पष्ट पारेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka