Premier Cables
Premier Steel

राजनीति

सामाजिक सञ्जालमा भ्रम फैलाए आदेशबिनै कारवाही !

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ११, २०८२  | साँझ ५:०८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने गतिविधिविरुद्ध कारबाही गर्न उच्च निकायको आदेश कुर्न आवश्यक नभएको बताएका छन्।

आइतबार भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले त्यहाँ कार्यरत प्रहरी कर्मचारीलाई कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालमा फैलिन सक्ने अमर्यादित, तथ्यहीन तथा कानुनले निषेध गरेका भ्रामक सूचना र समाचारको सूक्ष्म निगरानी गर्नुपर्ने उनले बताए।

गृहमन्त्री अर्यालले मिथ्या सूचना फैलाउनेविरुद्ध तत्काल कारबाही आवश्यक रहेको उल्लेख गर्दै निर्वाचन अवधिभर ब्युरोलाई अझ सक्रिय रूपमा काम गर्न निर्देशनसमेत दिएका छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka