Premier Cables
Premier Steel

राजनीति

पर्सा जिल्ला अदालतले रवि लामिछानेसँग १ करोड धरौटी माग्यो

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ ०६, २०८२  | अपराह्न ३:५२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उप-प्रधानमन्त्री रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ। जिल्ला न्यायाधीश रुद्र सुवेदीको इजलासले मंगलबार (माघ ६) उक्त आदेश दिएको हो।

वीरगन्जस्थित ‘सानो पाइला बचत तथा ऋण सहकारी’ ठगी प्रकरणमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। लामिछानेमाथि सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ।

यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले सबै प्रतिवादीबाट कुल ११ करोड ५६ लाख रुपैयाँ बिगो दाबी गरेको छ।

लामिछानेको तर्फबाट अधिवक्ता डा. नारायण कँडेल र दीपेन्द्र झाले बहस गरेका थिए। अदालतको आदेशअनुसार धरौटी बुझाउन लामिछाने उम्मेदवारी मनोनयनकै दिन वीरगन्ज जानुपर्ने भएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka