Premier Cables
Premier Steel

राजनीति

अरुले पाउने टुंगो छैन्, सुनील शर्मा टिकट लिएर विराटनगर उडे

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | साँझ ६:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसले मोरङ निर्वाचन क्षेत्र नम्बर–३ बाट सुनील शर्मालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ। शर्मा यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसको तर्फबाट उम्मेदवारीको टिकट लिएर शर्मा विराटनगरतर्फ प्रस्थान गरिसकेको जानकारी उनीनिकट नेविसंघका नेता भुवन भट्टले दिएका छन्।

बिज्ञापन

“उहाँ टिकट लिएर विराटनगर उडिसक्नुभएको छ,” भट्टले भने, “पार्टी सभापति गगन थापाले बोलाएर टिकट दिनुभएको हो।”

डा. शेखर कोइरालानिकट मानिने शर्मा कांग्रेसको दोस्रो विशेष महाधिवेशनका क्रममा मध्यस्थताका लागि चन्द्र भण्डारीसँगै अभियानमा सक्रिय थिए।

उनले अभियानकै क्रममा सभापति गगन थापालाई शुभकामना दिएका थिए भने विशेष महाधिवेशनको उद्घाटन समारोहमा पनि सहभागिता जनाएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa