Premier Cables
Premier Steel

राष्ट्रिय

आज मध्यरातबाट निर्वाचन आचार संहिता लागू, के गर्न पाइँदैन ?

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ०४, २०८२  | साँझ ४:५२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता भोलि (सोमबार) राति १२ बजेदेखि लागू हुने भएको छ। निर्वाचन आयोगका अनुसार आचारसंहिता सोमबारबाट औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।

निर्वाचन आयोगले आचारसंहिता यसअघि नै जारी गरिसकेको भए पनि कार्यान्वयन भने अब सुरु हुन लागेको हो।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ। निर्वाचन तालिकाअनुसार माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गरिनेछ।

निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न पाइन्छ के गर्न पाइँदैन

सरकार, सरकारका मन्त्री, स्थानीय तह वा निकायका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, दलका भातृ संगठन, सञ्चारमाध्यम लगायतलाई आचारसंहिता लागू हुनेछ ।

आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लागेको छ । यस्तै विकास निर्माणका लागि भन्दै आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तरमा समेत पाइने छैन ।

वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका कार्यक्रम सञ्चालन गर्न भने आचारसंहिताले नछुने बताइएको छ । निर्वाचन आयोगले आचार संहिताबारे जानकारी दिन तथा कडाइका साथ लागू गरिने जनाएको छ ।

सरकार र मन्त्रीले निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि निर्णय गर्न नपाउने निर्वाचन र कुनै अत्यावश्यक निर्णय गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वस्वीकृति लिनुपर्नेछ ।

मन्त्री वा सार्बजनिक पदधारण गरेका व्यक्तिले कुनै उम्मेदवार वा दल विशेषको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न आचार संहिताले रोक लगाएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोगले कालोसूचीमा राख्नेदेखि जरिवाना गर्न सक्नेछ ।

कर्मचारीहरुले नेपाल सरकार, सार्बजनिक संस्था र स्थानीय निकायमा नयाँ पद सिर्जना गर्न, पदपूर्ति गर्न, पदपूर्तिका लागि विज्ञापन गर्न, भत्ता वा ग्रेड बढाउन, पुरस्कृत गर्न, कुनै आर्थिक सुविधा प्रदान गर्न, काज खटाउन, सरुवा बढुवा गर्न पनि आचारसंहिताले रोक लगाउने छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka