प्रतियोगितामा १० देखि १५ वटा टिमको सहभागिता रहने क्लबका सचिव सुरज खड्काले जानकारी दिए । सहभागी टिमको टुंगो माघ ३ गते बिहान मात्र लाग्ने बताइएको छ ।
प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३५ हजार, ट्रफी र मेडल पाउनेछ ।
त्यस्तै, उत्कृष्ट ब्याट्म्यान, उत्कृष्ट बलर र उत्कृष्ट विकेटकिपरले नगद पाँच हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद १० हजार, ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष झाले बताए ।