Premier Cables
Premier Steel

खेलकुद

गौतम गम्भीरको प्रस्टीकरण : जसप्रीत बुमराह टेस्ट टोलीमै छन्

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन १३, २०८२  | अपराह्न १:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले इंग्ल्यान्डविरुद्धको अन्तिम टेस्ट खेलका लागि जसप्रीत बुमराहलाई टोलीबाट हटाइएको छैन भन्ने स्पष्ट पारेका छन्।

मंगलबार सञ्चारमाध्यमसँग कुरा गर्दै, गम्भीरले बुमराहको सहभागिता बारे हालसम्म कुनै निर्णय नभएको बताएका हुन्।

बिज्ञापन

“हामीबीच अन्तिम टेस्ट खेलका लागि बुमराह खेल्ने वा नखेल्ने भनेर अहिलेसम्म कुनै छलफल भएको छैन,” गम्भीरले भने, “जो खेल्छ, उसले राष्ट्रको लागि पूर्ण समर्पणका साथ मिहिनेत गर्नेछ।”

बुमराहले हालसम्म इंग्ल्यान्डविरुद्धको टेस्ट शृंखलामा तीन खेल खेलिसकेका छन्। ढाडको शल्यक्रिया पछि तीन महिना इंग्ल्यान्ड र भारतबीचको पाँच खेलको टेस्ट शृंखलामा इंग्ल्यान्ड २–१ ले अग्रतामा छ। तर, भारतले साउन ११ गते सम्पन्न चौथो टेस्ट बराबरीमा ल्याउँदै शृंखला रोचक बनाएको छ।

दुवै टोलीबीचको अन्तिम र निर्णायक टेस्ट खेल जुलाई ३१ देखि सुरु हुँदैछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka