Premier Cables
Premier Steel

विराटनगर

हर्क साम्पाङ किन आएनन् विराटनगर ?

Calendar बुधबार, पुष ३०, २०८२  | अपराह्न १:२५ बजे

विराटनगर । सुम्निमा सांस्कृतिक परिवार विराटनगरले आयोजना गरेको समसामयिक राजनीतिक परिवेशमा नागरिकको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा धरानका मेयर हर्क साम्पाङ सहभागी हुने प्रचार गरिएको थियो । तर, १० बजेका लागि तय गरिएको कार्यक्रमका सहभागीले साम्पाङलाई साढे १२ बजेसम्म पर्खिएर ।

आयोजक घरीघरी उनलाई फोन समेत गरिरहेका देखिन्थे । तर प्रमुख वक्ता साम्पाङ उपस्थित भएनन् । त्यसपछि ढिलोगरी मात्र कार्यक्रम शुरु भयो ।

बिज्ञापन

अन्तिम समयमा आउन नभ्याउने साम्पाङले जानकारी गराएपछि उनीबिनै कार्यक्रम शुरु गरियो । सुम्निमा सांस्कृतिक परिवारका पदाधिकारीका अनुसार कार्यपालिका बैठकको चापका कारण आउन नसकेको भन्ने साम्पाङले जानकारी गराएका थिए ।

साम्पाङ आउने भएपछि मोरंगको उर्लाबारी, पथरी, बेलबारी, कानेपोखरी आदि क्षेत्रबाट उनका समर्थक विराटनगर आएका थिए ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka